काठमाडौंमा उपचाररत पोखराका मेयर मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज
पोखरा
पोखरा महानगरपालिकाका मस्तिष्कघात भइ काठमाडौंस्थित न्यूरो अस्पतालमा १९ दिनदेखि उपचाररत मेयर मानबहादुर जिसी हिजो अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मेयर जिसीका सञ्चार संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालका अनुसार मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएर चिकित्सककै निगरानीमा रहनेछन् ।
मेयर जिसीको सचिवालयले उनको उपचारमा सघाउने र शुभेच्छा प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्दै अझै केही साता भेटघाटका लागि कष्ट नगर्न आग्रह गरेको छ ।