समितिमा कांग्रेस नेता देवराज चालिसे समितिमा मनोनित
पोखरा
प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले कास्कीका नेता देवराज चालिसेलाई बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिको सदस्यमा मनोनित गर्नुभएको छ ।
समितिको सदस्यमा मनोनित चालिसे पार्टीका प्रभावशाली नेता मानिन्छन् ।
उनी पार्टी गतिविधिका साथै लामो समय प्राध्यापन पेशामा सक्रिय छन् । स्पष्ट र प्रखर वक्ता मानिने नेता चालिसे प्रतिनिधिसभाको निर्वाचनमा कास्की २ बाट प्रतिस्पर्धा गरेका थिए ।
यो समितिको संयोजकमा पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनित भएका छन् ।
यो समितिमा ११ जना सदस्य र तीन जना आमन्त्रित सदस्य रहेका छन् ।
देशका विभिन्न भूभागमा गएको विनाशकारी बाढी पहिरोका कारणले पुर्याएको जनधनको क्षतिको तथ्यांक संकलन तथा बाढी पहिरो पीडितलाई राहत पुर्याउन सहयोग गर्ने उद्देश्यले समिति गठन गरिएको बताइन्छ ।