गण्डकीमा थप ६१६ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार बिहीबार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २६२ जनामा गरिएको नमुना परीक्षणमा थप ६१६ जनामा कोरोना पुष्टि भएको छ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २८७ जनाको नमुना परीक्षण गर्दा १९१ जना, तनहुँका ९० जनाको परीक्षण गर्दा २३ जना, गोरखाका १३७ जनाको परीक्षण गर्दा ८३ जना, लमजुङका ६० जनाको परीक्षण गर्दा १९ जना र नवलपुरका १५९ जनाको परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका १६७ जनाको परीक्षणमा ७२ जना, पर्वतका ६३ जनाको परीक्षणमा १३ जना, बागलुङका २११ जनाको परीक्षणमा १०० जना र म्याग्दी जिल्लाका ८८ जनाको परीक्षणमा ३७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७० हजार २६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६३ हजार २९१ पुगेको छ।
बिहीबार गण्डकीमा थप नौ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका तीन जना, स्याङ्गजाका एक जना, कास्कीका दुई जना, मुस्ताङका एक जना, बागलुङका एक जना गोरखाका एक जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १११८ पुगेको निर्देशनालयले जनाएको छ ।