गोरखाका एकजना युवक खोलामा मृत फेला
पोखरा
बिहीबार बिहान अन्दाजी ८ बजेको समयमा गोरखाको धार्चे गाउँपालिका २ केरौजा बस्ने ३७ वर्षीय काले गुरुङ सोही ठाँउको बेशीमा रहेको मकैबारीमा बाँदर कुर्न गएका युवक घर नफर्के पछि खोजतलास गर्दै जाँदा खोलामा मृत अवस्थामा फेला परेका छन् ।
तर शुक्रबार बिहानसम्म गुरुङ घर परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरी स्थानीय र प्रहरीले खोजतलास गर्दै जाँदा साढे नै बजेको समयामा घरदेखि २ किमी पूर्व खाम्चे खोलामा मृत अवस्थामा उनको शव फेला परेको र बाँदर लखेट्दै जाने क्रममा अन्दाजी १५० मिटर माथिबाट चिप्लिएर खसेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।