बागलुङमा भदौ १ गतेसम्म लकडाउन जारी



पोखरा

बागलुङमा आइतबार राति १२ बजेदेखि लागु हुने गरी जिल्ला प्रशासनले लकडाउन जारी गरेको छ ।

बागलुङ नगरपालिका वडा नं १२ र वडा नं १३ (साविक अमलाचौर र पैयूपाँटा गाविस) को क्षेत्र भित्र आज रातको १२ बजेदेखि भदौ १ गते रातको १२ बजेसम्म लागू हुने गरी लकडाउन जारी भएको प्रशासनले जनाएको छ ।

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीद्धारा जारी लकडाउनमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा र सरकारी सेवाका सवारी बाहेक सबै यातायातका साधन र बजार क्षेत्र बन्द गरिएको छ ।

कालीगण्डकी करिडोर र अन्य सडक मार्गमा चल्ने यातायातका साधन  उक्त वडाहरुमा यात्रुहरु चढ्न र झर्न नपाउने गरी संचालन हुन पाउने छन् ।

यसैगरी शैक्षिक संस्थासहितका सेवा तथा स्थलहरु बन्द रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja