कुटपीटबाट एक जना मृत्यु
पोखरा
धनुषामा कुटपीटबाट घाइते भएका क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाका ३५ वर्षीय ओम मल्लिक डोमको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
गएको साउन १८ गते राति १० बजे छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग उनको झगडा भएको थियो । झगडाकै क्रममा राकेशले ओमको पेटमा खुकुरी प्रहार गरेको आरोप लागेको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक बहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर लगतै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।