बढ्यो सुनको मूल्य
पोखरा
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन तोलामा १ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ९१ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला एक हजार २४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि चाँदी हिजो पनि सोही मूल्यमा नै कारोबार भएको थियो ।