गण्डकीमा कास्कीका २३ जनासहित थप ३८ जनामा कोरोना पुष्टि,१ को मृत्यु
पोखरा
पछिल्लो २४ घण्टामा गण्डकीका थप ३८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २६८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २३ जना, तनहुँका २ जना, लमजुङका १ जना, स्याङ्गजाका ३ जना र पर्वतका ६ जना र म्याग्दी जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ।
आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १६७१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १४६ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ४८२ पुगेको छ। भने, अहिले प्रदेशभर ७२५ सक्रिय संक्रमित छन् ।
शुक्रबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। मृतक तनहुँ जिल्ला रिसिङ गाउँपालिका वडा नं -६ निवासी ८२ वर्षीया वृद्धा छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४६४ पुगेको निर्देशनालयले जनाएको छ ।