पोखराको सेतीको खोचमा अड्किएका युवकको घाइते अवस्थामा उद्धार
पोखरा
पोखरा महानगरपालिका १५ ढुङ्गे साँघुस्थित सेती नदीको खोचमा अड्किएका ३७ वर्षीय भीम बहादुर तामाङलाई घाइते अवस्थामा नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले ५ घण्टा लगाएर उद्धार गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला घर भई हाल पोखरा -१० अस्पताल चोक बस्दै आएका तामाङ बुधबार नदीको खोँचमा अड्किएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घाइते तामाङलाई उद्धार पश्चात उपचारको लागि अस्पताल पठाइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।