तनहुँमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
पोखरा
नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य ओमबहादुर नेपालीको करेन्ट लागेर ज्यान गएको छ ।
६८ वर्षीय नेपालीको आज शुक्रबार बिहान खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दी खोलाबाट मोटर पम्प जोडेर पानी तान्ने सिलसिलामा करेन्ट लाग्दा नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।