तनहुँमा बस र जीप ठोक्किँदा तीन जनाको मृत्यु
पोखरा
तनहुँमा बस र जीप ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा बस र जीप ठोक्किएर दुर्घटना भएको हो ।
चितवनबाट पोखरातर्फ गइरहेको ग. २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग. ३ च ६०१२ नम्बरको जीप ठोक्ठिएका हुन् । मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–८ का ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको छ ।
मृतक अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न सकेको छैन । अन्य १३ जना घाइते भएका छन् । जीपमा सवार नौ जना र बसमा सवार चार जना घाइते भएका छन्।
घाइतेमध्ये नौ जनालाई चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी युवराज खड्काले बताए । जीप बससँग ठक्कर खाएर तल खसेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।