युक्रेनमा जारी युद्धमा परी अमेरिकी पत्रकारको मृत्यु
पोखरा
युक्रेनमा जारी युद्धमा परी एक अमेरिकी पत्रकारको मृत्यु भएको छ ।
युक्रेनको किभ नजिक इरपिन शहरमा रुसी सेनाको गोली लागेर पत्रकार ब्रेन्ट रिनाउडका मृत्यु भएको हो । घटनामा २ जना अन्य पत्रकारहरु पनि घाइते भएको बताइएको छ । उनीहरुलाई अस्पताल लगिएको छ । ५० बर्षका रिनाउड अमेरिकाका न्युयोर्क टाइम्समा आवद्ध चर्चित पत्रकारका साथै फिल्ममेकर समेत हुन् ।
रुस युक्रेन युद्धमा मृत्यु हुने उनी पहिलो विदेशी पत्रकार हुन् । यसअघि उनले द्धन्द्धग्रस्त मुलुकहरु अफगानिस्तान, हेइटी र इराकमा रहेर पनि काम गरिसकेका थिए ।