नवलपुर जिल्ला अदालतमा पलविरुद्ध बलात्कार मुद्दा दर्ता
पोखरा
बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।
किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।
शाहविरुद्ध दिएको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले अभिनेता शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गरेको छ ।
अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । हाल जिल्ला प्रहरी कार्यालय तनहुँ हिरासतमा रहेका पलमाथि अनुसन्धान चलिरहेको छ ।