चीनद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण
पोखरा
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ ।