पोखरामा अझैपनि पेट्रोलियम पदार्थको हाहाकार
पोखरा
पोखराका बजारमा अहिलेपनि पेट्रोलियम पदार्थको हाहाकार भैरहेको छ ।
गत शुक्रबार पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलन गरेका व्यवसायीले यहि शनिबार ४ बुँदे सहमति गरि आन्दोलन फिर्ता लिएका थिए । आन्दोलन फिर्ता लिएको ४ दिनसम्म पनि अझै बजारमा पेट्रोलियम पदार्थको हाहाकार यथावत नै छ ।
डिपोमा तेल हुँदाहुँदै पनि सहजरुपमा उपलब्ध नगराइएको पोखराका एक पेट्रोलपम्प व्यवसायी बताउँछन् । उनी भन्छन् –‘आन्दोलन फिर्ता लिएको ४ दिन भैसक्दा पनि बजारमा पेट्रोलियम पदार्थको समस्या जस्ताको तस्तै छ ।’ आयल निगमले आफु घाटामा छु भन्दै उपभोक्तालाई दुःख दिइरहेको उनको आरोप छ ।