पोखरा महानगरपालिका वडा नं. २ मा गठवन्धन नगर्ने कांग्रेसको घोषणा
पोखरा
नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. २ ले आशन्न चुनावमा गठवन्धन नगर्ने घोषणा गरेको छ ।
पार्टीका सचिवद्वय अग्निप्रसाद भुषाल र सुशीला बराल रेग्मीले पार्टीको क्षेत्रीय समितिलाई ध्यानाकर्षणपत्र पठाउँदै गठवन्धन नगर्ने घोषणा गरेको हो ।
पोखरा-२ मा गठवन्धन नगरि कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेको उल्लेख गरिएको छ । यस विषय कांग्रेसको महानगर, जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई जानकारी गराइएको छ ।