पोखराको बुलौंदीमा कार दुर्घटना
पोखरा
पोखराको बुलौंदीमा लेकसाइडबाट जिरोकिमीतर्फ आउँदै गरेको ग३च १०४० नम्बरको कार मंगलबार राति ९ बजे सडक डिभाइडरमा ठोक्किएर दुर्घटना दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । कारले ठक्कर दिंदा २ वटा विजुलीका पोल ढलेका छन् ।