कास्कीमा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले एक फरार प्रतिवादीलाई दुई वर्षपछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लमजुङ क्वालासोथर गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. १३ मियापाटन बस्ने वर्ष २१ का समिर गुरुङ रहेका छन् ।  कास्की प्रहरीका अनुसार कास्की जिल्ला अदालतले २०७७/१२/०३ गते चोरी मुद्धामा गुरुङलाई दुई महिना कैद सजाय तोकेको थियो । 

अदालतको आदेशसंगै उनी फरार रहेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको कास्की प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja