साताको २ दिन शनिबार र आइतबार बिदा दिने निर्णय
पोखरा
सरकारले साताको २ दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
आगामी जेठ १ गते बाट कार्यान्वयनमा आउने गरि उक्त बिदा दिइने निर्णय गरेको हो। जेठ १ देखि लागू हुनेगरी कार्यालय समय भने बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म बढाइएको छ। इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि सरकारले सो निर्णय गरेको हो।