अनिल परियारको हत्यामा संलग्नलाई कारवाही गर्न नेपाली कांग्रेसको माग



पोखरा

धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ । नेपाली कांग्रेस चितवन, नेपाली कांग्रेस भरतपुर महानगर समिति, नेपाली कांग्रेस प्रदेश क्षेत्र कार्यसमिति, नेपाल दलित सङ्घ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुणदलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन । 

कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा निर्वाचनको प्रचारप्रसारमा खटिएका युवामाथि भएको आक्रमण र हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको प्रचारको सिलसिलामा खटिएका युवामाथि सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाप्रति नेपाली कांग्रेस स्तब्ध एवं मर्माहत भएको छ ।” 

उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा सजाय गर्न सम्बन्धित निकायलाई माग गर्दछौँ विज्ञप्तिमा उल्लेख छ । भरतपुर महानगरपालिका-७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी परियारको हत्या गरिएको थियो । 

आइतबार साँझ ८ बजे भरतपुर-७ कृष्णपुरको नगर प्लटिङ्गमा अज्ञात समूहको आक्रमणबाट भरतपुर-१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय परियारको मृत्यु भएको हो । 

परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । यसैबीच घटनाको दोषिलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै भरतपुरमा एक घण्टा चक्का जामसमेत गरिएको छ ।

प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja