म्याग्दीको बेनी नगरपालिका–२ मा गठबन्धन विजयी
पोखरा
म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सम्राट सापकोटाले ४० मत प्राप्त गरेका छन् । नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन रहेको छ ।
वडा सदस्यमा गठबन्धनका कृष्णबहादुर कार्की, चन्द्रकान्त रिजाल, बविता सापकोटा र विष्णुकुमारी सार्की विजयी भइन् । १० वडा रहेको बेनी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रले अग्रता लिएका छन् ।
त्यस्तै प्रमुखमा एमालेका सुरत केसीले एक हजार ६१६, गठबन्धनबाट कांग्रेसका चिरञ्जीवी शर्माले एक हजार ४४३, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले एक हजार ४८७ र एमालेकी पशुपति शाहीले एक हजार १५६ मत पाइन् ।