गोरखा नगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायम
पोखरा
गोरखाको गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता रहेको छ ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार जारी मतगणनामा गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको हो । काँग्रेसबाट प्रमुख पदका उम्मेदवारले ३०४१ मत ल्याउँदा नेकपा एमालेले २७२१ र नेकपा माओवादी केन्द्रले २६११ मत ल्याएको छ । यस्तै उपप्रमुखमा काँग्रेसले ३१०६ , एमालेले २८८६ र जनता समाजवादी पार्टी जसपाले १६८३ मत ल्याएको छ ।