गोरखा पालुङटारको मतगणना स्थगित
पोखरा
पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ ।
व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल भेटिएपछि विवाद भएको हो ।
१० वटा वडा रहेको उक्त नगरपालिकामा ६ बाहेक अन्य सबै वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्मको नजिता अनुसार मेयरमा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले ५ हजार ७८३ र जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले ५ हजार ४२२ मत ल्याएका छन् ।
उनीहरु बीच ३ सय ६१ मतको अन्तर छ ।कांग्रेसका उम्मेदवार दीपक बाबु कँडेलले भने ४ हजार ७५५ मत ल्याएका छन् । वडा नम्वर ६ को मगतणना गर्ने क्रममा विवाद भएको हो ।