नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेस विजयी
पोखरा
नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसका गोविन्द थपलिया विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार पदमबहादुर उप्रेतीलाई पराजित गर्दै थपलिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । थपलियाले १ हजार १८२ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी उप्रेतीले ४ हजार ७३ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ विजयी भए । उनले नेपाली काँग्रेसका उम्मेदवार इन्दिरा खड्कालाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
तामाङले ४ हजार ७२० मत प्राप्त गरे भने खड्काले ४ हजार ५६ मत प्राप्त गरिन् ।