पोखरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
पोखरा
पोखरामा मंगलबार साँझ सवारी दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का २० वर्षीय नवीन थापाको मृत्यु भएको छ ।
सो दुर्घटनामा घाइते भएका २१ वर्षीय दीपेन्द्र रावतको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोखरा २९ आदर्शचोकमा पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग१३प ८१०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ९३८१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका नवीनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।