डिजल, पेट्रोल र मट्टितेलमा बढ्यो १० रुपैयाँ, ग्याँसको मूल्य पुग्यो १८००
पोखरा
नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ।
वृद्धि मूल्य पश्चात पेट्रोल अब १८० प्रतिलिटर पुगेको छ भने, डिजल र मट्टितेल १६३ रुपैयाँ प्रतिलिटर पुगेको छ। यस्तै, एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढेर १८०० रुपैयाँ पुगेको छ। वृद्धि भएको मूल्य आज राति बाट लागु हुने बताइएको छ।