माछापुच्छ्रे वडा नं. ८ मा ज्येष्ठ नागरिकलाई भत्ता वडाबाटै वितरण हुने
पोखरा
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा वडा नं. ८ मा सामाजिक सुरक्षा भत्ता अब वडाबाटै वितरण हुने भएको छ ।
वडाध्यक्ष राम गुरुङले पदभार ग्रहण गर्दै ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वडाबाटै प्रदान गर्ने निर्णय गरेका हुन् ।
आफ्नो निर्णयले यसअघि हेमजास्थित मुक्तिनाथ विकास बैंकबाट सामाजिक सुरक्षा भत्ता पाउँदै आएका वडाका ज्येष्ठ नागरिकलाई केही राहत मिल्ने वडाध्यक्ष गुरुङको विश्वास छ ।
वडाध्यक्ष गुरुङले निर्वाचनमा आफूले गरेका प्रतिवद्धतालाई अक्षरश कार्यान्वयन गर्ने पनि प्रतिवद्धता जनाए । उनले नागरिकलाई सर्वसुलभ र नागरिकमैत्री सेवा प्रवाह गर्नेसमेत स्पष्ट पारे ।
वडाबासीलाई घरमै सिंहदरबार आएको महसूस गराउने आफ्नो उद्देश्य रहेको भन्दै आफू जनताकै काममा केन्द्रित हुने प्रतिवद्धता जनाए । पर्यटन व्यवसायीसमेत रहेका गुरुङ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।