मुस्ताङमा बुधबार दुई पर्यटकको शव फेला



पोखरा

मुस्ताङ घुम्न आएका दुई पर्यटकको शव बुधबार फेला परेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. २ मार्फास्थित कालीगण्डकी नदी दोभानमा एक जना र लोघेकर दामोदरकुण्ड जाने बाटोमा अर्का एक जना पर्यटकको शव भेटिएको बताइएको छ ।  जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दुवै पर्यटकको पहिचान खुल्न सकेको छैन ।

मृतकमध्ये एक जना करिब ३८ वर्षका र अर्का करिब ६० वर्षका भारतीय नागरिक रहेको प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । प्रनि तामाङका अनुसार शवको मुचुल्का गरी एक शवलाई मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा ल्याएर राखिएको र दामोदरकुण्ड जाने बाटोमा भेटिएको शव ल्याउनेक्रममा छ ।

उनीहरुको मृत्युको कारण खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja