अफगानिस्तानमा भएका चारवटा बम विस्फोटमा परी १६ जनाको मृत्यु



पोखरा

अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । यिमध्ये केही आक्रमणहरूको जिम्मा इस्लामिक लडकु समूहले लिएको अधिकारीहरूले जानकारी दिएका छन्  ।

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ । उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसमा राखिएका तीनवटा बम विस्फोटमा परी १० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।  

यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनिबसमा बम रहेका बाल्ख प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताए । बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० मध्ये  तीन जना महिला समेत रहेको जनाएका छन् । विस्फोटमा  परी अन्य १५ जना घाइते भएका जनाइएको छ ।  

विस्फोटको केही घण्टापछि इस्लामिक समूहले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएका छन् । साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ ।

बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । बुधवारको बम विस्फोटबाट कुनै विशेष समुदायलाई लक्षित गरिएको हो कि भनेर अझै स्पष्ट हुन नसकेको जनाइएको छ ।

अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसमध्ये केही आक्रमणको जिम्मा आइएस समूहले लिएको थियो ।

अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो ।

गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना श्रद्धालुको ज्यान  गएको थियो अन्य धेरै घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja