लागु औषध मुद्दाका फरार प्रतिवादी लमजुङका २६ वर्षीय पुरुष पक्राउ
पोखरा
लागु औषध मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लमजुङ सुन्दर बजार नगरपालिका-६ बस्ने २६ वर्षीय सुजन तामाङ र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय आईते तामाङ रहेका छन् । प्रहरीका अनुसार जिल्ला अदालत तनहुँको २०७८ असोज ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद र २ लाख रूपैयाँ सजाय ठहर गरेकामा फरार रहँदै आएका उनीहरूलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।