पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जामा एक युवती घाइते
पोखरा
भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा शुक्रबार दिउँसो पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जाको स्वरेक मैदानमा स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले बताउनुभयो । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगाइएको छ ।
पाराग्लाइडिङबाट खसेकी अर्यालको टाउको र खुट्टामा चोट लागेको छ ।