पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि
पोखरा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ।
निगमले बिहीबार रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजल र मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो। वृद्धि भएको मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १७८ र डिजल मट्टीतेल प्रतिलिटर १६५ पुगेको छ। एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । अर्थमन्त्रीले प्रतिवद्धता जनाएअनुसार इन्धनमा लाग्दै आएकाे १० रुपैयाँ पूर्वाधार कर नघटाएपछि निगमले इन्धनको मूल्य बढाएको छ ।