स्याङ्जामा लागूऔषधसहित पोखरा हरिचोकका एक युवक पक्राउ
पोखरा
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार लागूऔषधसहित पोखरा ममहानगरपालिका वडा नं. १ हरिचोकका बर्ष २४ का रोशन बराइलीलाई पक्राउ गरेको छ ।
उनी सुनौलीबाट पोखरातर्फ आउनेक्रममा पुतलीबजार नगरपालिका वडा नं. १० स्थित सिद्धार्थ राजमार्गमा बा४ख १४२१ नम्बरको हाईस चेकचाँच गर्नेक्रममा पक्राउ परेका हुन् । बराइलीको साथबाट फेनेरागन ३५ एम्पुल, नूफाइन ३५ एम्पुल र डाइजापाम ३४ एम्पुल समेत गरी जम्मा १०४ एम्पुल लागुऔषध बरामद भएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । बराइलीलाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक थापाले बताए ।