असार १५ सम्ममा लमजुङमा ४० प्रतिशतसम्म रोपाई सकियाे
पोखरा
लमजुङमा ४० प्रतिशत रोपाई सकिएकाे छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४० प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे । मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाई चाडै सुरु गरिएकाे थियो ।
लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै रोपाई भइरहेको छ ।
यहाँ किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।
केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५० हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।