भन्सार छलेर ल्याएको ५४ लाख बराबरको चिनी र कपडा बरामद
पोखरा
भन्सार छलेर ल्याएको ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको चिनी र कपडा प्रहरीले अरुणखोलाबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बर्दघाटबाट कावासोतीतर्फ आउँदै गरेको लु २ ख ६३७ नम्बरको ट्रकमा ल्याइएको १९ सय १७ पिस सर्ट र ४ सय १८ बोरा चिनी सोमबार बिहान बरामद गरिएको हो ।दुवै सामानको प्रचलित बजार मूल्य ५४ लाख ३६ हजार बराबरको रहेको प्रहरीको भनाइ छ ।
बरामद भएको सामान अनुसन्धानका लागि राजस्व कार्यालय रुपन्देही पठाइएको छ । सामान कसले ल्याएको हो भन्ने बारेमा अनुसन्धान भइरहेकाले कारोबारमा संलग्न व्यक्तिका बारेमा पछि जानकारी दिने प्रहरीले बताएको छ ।