देशव्यापी रुपमा विशेष अभियान चलाउने नेपाली कांग्रेसको निर्णय



पोखरा

नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।

यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।

गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, कांग्रेसले दर्जन बढी संघ, संस्थालाई भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता दिएको छ । र,  अवधि सकिएर पनि गठन हुन नसकेका संघहरूलाई साउनभित्र गठन गर्ने र पूर्णता दिने निर्णय कांग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja