८ सय रुपैयाँले बढ्यो सुनचाँदीको मूल्य
पोखरा
आज नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।