स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु
पोखरा
स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ ।
यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । ३ हजार ७५० बिरामीमध्ये १२० जना अस्पताल भर्ना भएका छन् र दुई जनाको मृत्यु भएको छ’ स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ । यसले पीडितहरू ‘दुई युवा पुरुष’ रहेका र दुवै केसहरूमा थप ‘महामारीसम्बन्धी जानकारी’ संकलन गर्न अध्ययन भइरहेको बताएको छ।
स्पेनको स्वास्थ्य मन्त्रालयको आपतकालीन र सतर्कता समन्वय केन्द्रका अनुसार स्पेनमा ४ हजार २९८ जना संक्रमित भएका छन् । स्पेन विश्वको सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो ।