गलकोटमा बसपार्कको अभाव हुँदा ट्राफिक व्यवस्थापनमा समस्या 



पोखरा

सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको अभाव खड्किदै आएको छ ।

गलकोट नगरपालिकाको केन्द्र रहेको हटिया बजार क्षेत्रमा बसपार्क नहुँदा प्रहरीले वैकल्पिक ट्राफिक व्यवस्थापन गर्दै आईरहेको छ ।एक दशक अघि सम्म बेशी–खेत र सामान्य बजार रहेको जिल्लाको ऐतिहाँसिक क्षेत्र गलकोट यति बेला नगरपालिका बने सँगै घरहरु निर्माण कार्य बढदै गएको छ ।

गाउँका नागरिकहरुले वेशीका खेतमा घर निर्माण गर्ने र खेत नहुनेहरुले घडेरी किनेर घर बनाउने क्रम बढेपछि केहि वर्ष यता बजारीकरण बढदै गएको हो । बढदो जनघनत्व त्यस माथि मध्य पहाडी लोकमार्गमा रुकुम, रोल्पा देखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाण्डौ चल्ने ठुला तथा साना सवारी साधनको आवत जावतले बसपार्कको अभावमा ट्राफिक व्यवस्थापन समस्या बनेको छ ।

गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य तथा कार्य वहाक वडा अध्यक्ष रबिन बोहोराले मध्य पहाडी लोकमार्गमा सवारी साधनको आवत जावत अनि नगरपालिका बने सँगै हटिया बजार क्षेत्रमा जनघनत्व बढेको र सवारी साधनको पनि दिनहुँ चाँप बढिरहेकोले  बसपार्कको निकै अभाव खड्किएको बताए ।

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बसपार्कको अभाव अत्यन्तै भएपनि आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयास गरिएको भएता पनि जग्गा नपाउँदा वैकल्पीक ट्राफिक व्यवस्थान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja