स्याङ्जामा ६४०० नयाँ मतदाता थपिए
पोखरा
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली संकलनमा स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् ।
सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् ।
साउन १९ पछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए ।