तालिवानका नेता रहिमुल्ला हक्कानीको बम आक्रमणमा परी मृत्यु
पोखरा
अफगानिस्तानको तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीको बम आक्रमणमा परी मृत्यु भएको छ ।
राजधानी काबुलमा एक समारोहमा आत्मघाती विस्फोट हुँदा तालिवानका शीर्ष नेता मौलानाको मृत्यु भएको हो । आक्रमणकारीले कृत्रिम खुट्टामा लुकाएको पदार्थ विस्फोट गराउँदा नेता मौलानाको मृत्यु भएको जनाइएको छ ।
आक्रमणको जिम्मा आइएसले लिएको छ ।यसअघि पनि दुई पटकसम्म उनको हत्या गर्ने प्रयास भएको थियो । हक्कानी तालिबानका एक प्रख्यात विद्वान थिए ।
जो २०२० मा उत्तरी पाकिस्तानी सहर पेशावरमा भएको ठूलो विस्फोट सहितसात जनाको ज्यान जाने गरेको आईएसआईएल समूहले दावी गरेको विगतका आक्रमणहरूबाट बच्न सफल भएका थिए ।