केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी
पोखरा
केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी भएका छन् ।
हालै सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्धन्द्धी राइला ओडिङगालाई पराजित गर्दै रुटो राष्ट्रपतिमा विजयी भएका हुन् । यसअघि केन्याको उपराष्ट्रपति रहेका रुटोले ५० दशमलव ५ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
पूर्वप्रधनमन्त्री ओडिङ्गालाई वर्तमान राष्ट्रपति उहुरु केन्याटाको समर्थन रहेको थियो । चुनावमा पराजित भएपछि ओडिङ्गाले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।