मनाङ जिल्लामा थप ४९ वटा नयाँ उद्योग थपियो
पोखरा
हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् । मनाङमा सवै भन्दा धेरै कृषि तथा वनपैदावार उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावार उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा ३६ वटा प्राइभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ ।