चीनमा बाढीमा परेर १७ जनाको मृत्यु
पोखरा
चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको मृत्यु भएको छ ।
बिहीबार साँझ आएको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् । ती हराएका व्यक्तिको खोजी भइरहेको बताइएको भए पनि उनीहरु भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरुले जनाएका छन्।
बाढीबाट ६ गाउँका ६ हजार दुई सय ४५ घर प्रभावित भएका छन् । तीमध्ये दुई भवन पूर्ण रुपमा र १४ भवन अत्यधिक क्षति भएको छ । बाढीका कारण त्यहाँका ६ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।