युक्रेनमा ३१ औँ स्वतन्त्रता दिवस मनाउन प्रतिबन्ध
पोखरा
युक्रेनमा ३१ औँ स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध लगाइएको छ ।
रुसी आक्रमणको उच्च खतरालाई मध्यनजर गर्दै सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा भोलि मनाइने कार्यक्रम स्थगित गर्ने निर्णय युक्रेनले गरेको हो । संयुक्त राष्ट्र संघका अनुसार रुसी आक्रमणबाट ५ हजार ५ सय जना युक्रेनी नागरिकले ज्यान गुमाएका छन् ।
युक्रेनको संसदबाट राज्य सार्वभौमिकता घोषणा पत्र १९९१ अगस्ट २४ मा पारित भएको थियो । सोही दिनदेखि प्रत्येक वर्ष अगस्ट २४ लाई युक्रेनले स्वतन्त्र दिवसको रूपमा मनाउदै आएको छ ।