बिपी काँग्रेस लमजुङको सभापतिमा तेजनाराण अधिकारी चयन
पोखरा
लमजुङमा नेपाली काँग्रेस बिपी जिल्ला कार्य समिति गठन भएको छ ।
समिति गठन गर्न आयोजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो ।पदाधिकारीपछि टुङ्ग्याउने गरी ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए ।
भेलामा नेपाली काँग्रेस बिपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो । काँग्रेसले बिपी कोइरालाको आदर्श, विचार सबै परित्याग गरेको हुँदा हामीले अझ सशक्त रूपमा बिपीको विचारलाई नेपाली समाजमा लागु गर्न छुट्टै पार्टी गठन गर्नुपरेको भेलामा उपस्थित पराजुलीले बताए ।