विन्ध्यवासिनी मन्दिरको दानपेटिका चोरी गर्ने एक जना पक्राउ
पोखरा
भदौ ३ गते शुक्रबार पोखरा महानगरपालिका–२ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको दानपेटिका चोरी भएको हो ।
प्रहरीले दानपेटिका चोरी गरेको आरोपमा पोखरा–२५ भोटेक्याम्प, हेम्जाका ३० वर्षीय जिम्मी दोर्जेलाई मन्दिरको दानपेटिकासहित पक्राउ गरेको छ ।
पक्राउ परेका दोर्जेलाई चोरी मुद्धामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।