आजदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु हुँदै
पोखरा
नेपाली कांग्रेसले आजदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु हुँदैछ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचारप्रसारका लागि कांग्रेसले देशव्यापी रुपमा संगठन सुदृढीकरण र प्रचार प्रसार अभियान सञ्चालन गर्न लागेको हो । अभियानका लागि कांग्रेसले केन्द्रीय समितिबाट ७७ वटै जिल्लामा प्रतिनिधिहरू खटाएको छ । नेताहरू अभियानका गतिविधि गर्न जिल्ला-जिल्लामा पठाइसकेको छ ।
सो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।