कांग्रेसका महामन्त्री थापालाई कास्कीबाट उम्मेद्वार सिफारिस गर्न आवेदन
पोखरा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आगामी मंसिर ४ मा हुने चुनावका लागि पार्टीबाट उम्मेद्वार बनाउन कास्की क्षेत्र नं. १ कांग्रेसमा थापाको नामबाट बुधबार आवेदन परेको हो । कास्की कांग्रेसका सचिव भानुभक्त ढकालले महामन्त्री थापालाई कास्की १ मा उम्मेद्वार सिफारिस गर्न आवेदन दिएका हुन् ।
तर थापाले काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेद्वार बन्न निवेदन दिएका छन् । यस क्षेत्रमा महामन्त्री थापासंगै पार्टीका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गुरुप्रसाद बराल, पूर्वमन्त्री यज्ञबहादुर थापाको पनि आवेदन परेको छ ।
यसैगरी पार्टी सभापति किशोरदत्त बराल, निवर्तमान सभापति कृष्णबहादुर केसी, नेताहरु सुदिपमोहन भट्टराई, तिलक बहादुर रानाभाट, विश्व घिमिरे, वीर बहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी होमबहादुर बसेल बिमल, सुनिल गुरुङ्ग, चतुराखर अधिकारी र सरस्वती गुरुङ्गले पनि आवेदन दिएका छन् ।
यसै क्षेत्रबाट समानुपातिकमा पूर्व सभामुख तारानाथ रानाभाट, तीर्थ जङ्गली, राजकुमार गुरुङ्ग, सूर्यप्रसाद भण्डारी, खलिल मिया, बिन्दु भण्डारी, ई रामबहादुर केसी, तर्कजङ्ग गुरुङ्गले चाहना गरेको बताइन्छ ।