पोखरामा सुकुम्वासी तथा भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण



पोखरा

पोखरा महानगरपालिका वडा नं. ३२ का २६० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन् । 

निस्सा वितरण गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको मालिक बनाउने प्रक्रियाको शुरुआत भएको बताए । संवैधानिक व्यवस्था अनुसार नागरिक अधिकारको रक्षा तथा भूमिहीन समस्याको दिगो समाधानका लागि स्थानीय सरकारका हैसियतले पोखरा महानगरपालिका प्रतिविद्धताका साथ लाग्ने उनले विश्वास दिलाए ।

राष्ट्रिय भूमि आयोगको अभिलेख अनुसार महानगरपालिकामा रहेका १९ हजार ८५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई उपयुक्त बसोबासको व्यवस्था गरिने उनले प्रतिबद्धता जनाए । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले लामो समय देखी बल्झिएको यस समस्यालाई कुनै हालतमा टुङ्गोमा पुराएर छोड्ने दाबी गरे ।

विभिन्न वाहानामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासका नाममा नागरिकहरूलाई राजनीतिक दाउपेच साँध्ने र उनीहरूलाई भोट बैंकको रूपमा प्रयोगका लागि आश्वासन मात्र दिने प्रवृत्तिको खिलापमा आयोगले अर्थपूर्ण र नतिजामुखी कार्य गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja